Saturday, July 22, 2017

When I Am Inspired to Write


I hear one say:
This land, the trees and the fruits
belong to me,
I inherit these from my ancestor
I hear another say:
No, this land, the trees and the fruits
belong to the earth
and therefore to everyone


Then I am inspired to write!

I hear one say:
The soil has potential
I have knowledge for greater crop
And the entire harvest will be yours
I hear another say:
No matter what it's worth,
Tilled or left barren,
You can't touch a speck of it

Then I am inspired to write!

I hear one say:
We have some time
but time will not wait
I hear another say:
Mind your business
and do not waste my time

Then I am inspired to write!

Sunday, July 16, 2017

Learning (not) to Walk

The first time,
Walking through a crowd,
I trampled someone's toes
And apologized.

The second time,
Walking through a crowd,
I hit someone's heel
And apologized.

The third time,
Walking through a crowd,
I elbowed someone's armpit
And apologized.

But I learned to walk,
To walk through a crowd
Of myriad emotions,
And disciplined my steps.

I still walk through a crowd:
Now someone tramples my toes,
Hits my heels, or elbows my armpit
And walks away without apology.

But I keep walking, as always,
Through the crowd, thinking:
There's always someone around
Who is (not) learning to walk!

Monday, December 26, 2016

अन्तरेको चिठी -- विपना



काका:

बल्खु, पेरिसडाँडा, सानेपा
बालकोट, बालुवाटार, बूढानिलकण्ठ
सडक, टुँडिखेल, खुलामञ्च
यी कुनै धाममा गइनँ
मन्त्रालय, सचिवालय
विमानस्थल, होटल
सभा, गोष्ठी
ती कतैका लाममा भइनँ ।
वर्षौँदेखि त्यहीँ रहेँ
जहाँ सपनाहरूको गोडमेल हुन्छ
आशाहरूको मलजल हुन्छ
भरोशाहरूको पूजा गरिन्छ।

उस बेला,
सानो झोलामा,
एक-एक थान
मयलपोस र कट्टु बोकेर,
नाइट गाडीमा
सपनाको सहर पस्दा,
म जस्तो थिएँ,
लगभग त्यस्तै छु,
सपना खासै हुर्केको छैन
चित्त खासै फुर्केको छैन ।

तर, काका:
कुनै दिन फर्किँदा
नाइट बसमा
विपनाको गाउँ,
पक्कै ल्याउँला
सपनाको सहरमै जोडेको
परिवारको साथमा,
बीसौँ वर्षको सम्पति
कम्तीमा ‍दुई भकारी
किताबहरू नयाँ-पुराना ।

Wednesday, December 21, 2016

बिलौना

'ढोकाको चाबी हरायो
चुकुल खुस्कियो
आग्लो भाँचियो
झ्यालको डन्डी मक्कियो
पर्खाल चिरियो'

म यही सुनाउँदैथिएँ
सबैलाई,
पोख्‍दैथिएँ दु:ख
गर्दैथिएँ बिलौना
बटुल्दैथिएँ सहानुभूति
आफन्तबाट
छिमेकीबाट


तर
मेरो दुखेसो,
मेरो बिलौना,
शुभ सन्देश पो भएछ
कसै कसैलाई,
सुनाउन बाँकी नै रहेन अब
घरभित्र के छ, के छैन !



Friday, December 16, 2016

आत्मविश्‍वास

मलाई छाड्दैछन्
जुम्राहरूले,
तर म मरेको छैन

आज गएका जुम्राहरू
भोलि फेरि आउँछन्,
मेरो शरीरमा डुल्न,
टाँसिन,
मलाई डस्‍न


अनि
नफर्कुञ्‍जेल उनीहरू
म झेल्छु
उपियाँ
उडूस
लामखुट्टे

काम लागुञ्‍जेल
यो शरीर
मर्दिनँ म
मर्दै मर्दिनँ!

Thursday, December 15, 2016

कविता-बिम्व

शान्त तलाउको पानी हो कविता
तर होशियार भएर खोज्‍नु पर्छ
यसमा आफ्नो प्रतिबिम्व

उसले दिएको प्रतिबिम्व स्वीकारे
त्यो त्यही शान्त शीतल पानी जस्तै हुन्छ,
पिए हुने,
नुहाए पनि हुने,
अझ भनौँ न्यानो घाम जस्तो
तापे हुने
अन्न र कपडा सुकाए पनि हुने

कवितामा आफूले चाहेको प्रतिबिम्व
जबर्जस्ती खोजे,
अझ भनौँ आफ्नै प्रतिरूप खोजे,
त्यसले पोल्न थाल्छ
अचानक आगो भएर,
घोच्‍न थाल्छ काँडा भएर,
डस्‍न थाल्छ सर्प भएर!

शान्त तलाउको पानी हो कविता
तर होशियार भएर खोज्‍नु पर्छ
यसमा आफ्नो प्रतिबिम्व

Saturday, September 24, 2016

तर गन्तब्य?



गाडी छ:
ठाउँ ठाउँमा नट-बल्टु खुस्किएको
भुइँमा भ्वाङ् परेको
सीटमा काँटी निस्किएको
ईन्जिन थोत्रिएर 
धुवाँको मुस्लो छादिरहने

बाटो पनि छ:
ठाउँ-ठाउँमा दह छन् 
भौडी छन्
कुलो-कुलेसो छन्
हुनु पर्ने, नहुनु पर्ने 
सबै छन्


चालक छ:
रोगी छ
कमजोर छ
जसो तसो चलाउँछ
त्यस्तो गाडी
त्यस्तो बाटोमा

मालिक छ:
चिन्तित छ
हैरान छ
बाहिरपट्टि नयाँ रंगरोगन दली दली
जसो तसो पठाउँछ
त्यस्तो गाडी
त्यस्तो बाटोमा
त्यस्तो चालकको हातमा

यात्रु छन्
नयाँ - पुराना
त्यही रंगरोगनको आकर्षणमा
त्यही बाटोमा 
त्यही गाडीको प्रतिक्षामा

हो
गाडी छ
बाटो छ
चालक छ
मालिक छ
यात्रु छन्
तर, गन्तब्य?

Sunday, September 11, 2016

खेती



सोमरस पिएर
सुन्दरी साथ लिएर
हुइँकिन्छु आफ्नै सुरमा,
तिमी
दायाँ-बायाँ
रातो-निलो
छिटो-ढिलो
भिड-खाली
केही नहेरी आऊ
मेरो अगाडि

तिमीलाई ठोक्दिन्छु
अलिकति पछि सरेर
कच्याककुचुक पार्दिन्छु,
तिमी
मलाई फोर
मलाई जलाऊ
बाटो छेक, टायर बाल
अरूलाई पनि फोर
अरूलाई पनि जलाऊ

संघ गुहार्छु
क्षतिपूर्ति माग्छु,
तिमी
पार्टी गुहार
शहीद बन

म कमाउँछु
तिमी कमाऊ
खेती गरौँ, आऊ ।

Thursday, May 12, 2016

Through the Orifice

They say,
Like the great Takshyak,
Death sneaks in,

Through that insatiable orifice called mouth,
With dead beasts and dead plants,
And liquids hot and cold, clear and murky.

They say,
Death grows in the belly,
Slowly, in its own pace,
And crawls to the cells, tissues, veins, bones,
And to the heart and brain, finally,
Before the worship is over!




Friday, February 12, 2016

हजुरामा प्रति



म सँगै थिईनँ, सधैं जस्तै,
कर्मले उछिट्याएर टाढा पुगेको बेला
तिम्रो वाक्य बसेछ

पीडाको त्यो क्षण
सुनेकै आधारमा म महसुस गर्नसक्छु,
जीवनको अन्तिम कठीन श्‍वास लिइरहँदा,
जाने नै भईस् त बूढी, लौ जा है भनी
जीवनसाथीले अलबिदा गर्दा,
तिम्रा मृत्योन्मुख आँखाहरू आँशुले भरिएथे रे

अहिले म वियोगको त्यही क्षण सम्झिरहेछु
म त्यहाँ थिईनँ, सधैं जस्तै,
भाग्य खोज्दै टाढा पुगेको बेला
तिम्रो वाक्य बसेछ ।

तिमी रोयौ,
शायद माया लाग्यो होला
थलिएर, गलेर अर्थहीन भएको जीवनको,
कि दया लाग्यो आफूजस्तै खस्नलागेको खसमको
अनि याद आयो अठ्ठासी बर्ष दिएको साथको
र छरिएका, हराएका सन्तानको

म त्यही आँशुको अर्थ खोजिरहेछु,
आउन सकिनँ समयमा, सधैं जस्तै,
मैले ज्ञान बाँडिरहेको, अथक बोलिरहेको बेला
तिम्रो वाक्य बसेछ ।


 [नेपालभूमि साप्ताहिकमा प्रकाशित]